स्थानीय तहले समुन्नत पालिका ,सक्षम पालिका वन्न विभिन्न कार्य गरिएकोमा गुल्मीको मुसिकोट नगरपालिका र जापानको आईता प्रान्त स्थित बुङ्गोओन नगरपालिकाबिच भगिनी सम्वन्ध अगाडि बढेको छन् ।

जसका लागि शुक्रबार मुसिकोट नगर र आईता प्रान्त बुङ्गोओन नगरपालिकाका जनप्रतिनिधीबीच सद्भावनापूर्ण भेटघाट र समझदारी पत्रमा हस्ताक्षर भएको छ 

भगिनी सम्बन्ध बिस्तारको लागि जापानको बुङ्गोओना सिटीका मेयर फुमितोसी खबानोको नेतृत्वमा पाँच सदस्यीय टोली मुसिकोट आएको थियो । दुई देशका नगरबीचको सम्बन्ध विस्तारले कृषि क्षेत्रको विकासमा सहयोग आदान–प्रदान गर्ने मुख्य सहमति भएको छ । 

सहमति पत्रमा जापानको बुङ्गोओना सिटीका मेयर फुमितोसी खबानो र मुसिकोट नगरका मेयर जीवन खरेलले हस्ताक्षर गरे