सिंहदरबार पुनः निर्माणले गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ कार्यकक्षमा सरेका छन् । उनलेे सरकारको कामको प्रकृति र गुणस्तर नयाँ ढंगबाट अघि बढाउने बताए ।

बुधबार सिंहदरबारमा पश्चिमतर्फको (रेट्रो फिटिङ भएको) भागमा बनाइएको कार्यकक्षमा सरेपछि उनले आफ्नो कार्यकक्ष मात्र नभएर कामको प्रकृति र गुणस्तर पनि फेरिने दाबी गरेका हुन् ।

 प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको पुरानो कार्यकक्ष साँघुरो भएको हुँदा नयाँ कार्यकक्षमा सरेपछि ताजा महसुस भएको प्रधानमन्त्री वताएका छन् ।

शहरी विकास मन्त्री सीता गुरुङले यो काममा करिब ४२ करोड रुपैयाँ लागेको जानकारी दिइन् ।