नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पछिल्लो समय जनतामा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । आज सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वमन्त्रीले जनताको असन्तुष्टि कम भएपछि प्रणालीविरुद्धको आवाज कमजोर हुने बताए ।

“अहिले जनताको असन्तुष्टि बढ्दै गएको छ, त्यसले जनताको असन्तुष्टिको फाइदा उठाउने नियतले गल्ती गर्ने ठाउँ पाएको छ। जनताको असन्तुष्टि कम भएपछि नराम्रो नियत भएकाको आवाज र संख्या घट्छ,” उनले भने।

गणतन्त्रमा आम नागरिकले यो व्यवस्था ठीक नभएको भनाइ राख्न सक्ने भन्दै उनले प्रचलित कानुनको दायराभित्र रहेर आफ्नो अधिकारको प्रयोग गर्न सक्ने बताए ।

“यदि कसैलाई यो प्रणाली मनपर्दैन भने, उनीहरूलाई यो प्रणाली मनपर्दैन भन्ने अधिकार छ। तर सबैले प्रचलित कानूनको दायराभित्र रहेर आफ्नो अधिकार प्रयोग गर्न सक्छन्। वर्तमान आर्थिक समस्याहरू एक पटक प्रणाली विरुद्ध आवाजहरू आफैं ओइलिन्छन्। देशमा समाधान हुन्छ,’ उनले भने ।

मुलुकमा देखिएका आर्थिक समस्याका विषयमा प्रधानमन्त्रीले सबै राजनीतिक दलसँग परामर्श सुरु गरेको उनले जानकारी दिए । यस विषयमा मंगलबारदेखि सत्तारुढ, प्रतिपक्षलगायत सबै दलसँग छलफल सुरु भएको उल्लेख गर्दै उनले वार्ता टुङ्ग्याउनु पर्ने बताए ।

ऋणका कारण समस्यामा परेका व्यवसायीका लागि सरकारले अभिभावकको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । ‘ऋण सदुपयोग नगर्नेलाई सरकारले हेरचाह गर्नुपर्ने अवस्था छैन, ऋण लिएकालाई सरकारले अभिभावकको भूमिका निर्वाह गर्नुपर्छ ।”

सांसद थापाले सरकारले देशको उन्नतिको लागि अघि बढिरहेको सबै प्रक्रियामा कांग्रेसको साथ र सहयोग रहने विश्वास दिलाए ।