प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूमिहीन जनताका समस्या समाधानका लागि पुराना सबै कानुन परिमार्जन गरिने बताउनुभएको छ ।

‘भूमिविहीन र कुरूप आवासको समस्या समाधान गर्न पुराना ऐन एक साताभित्र परिमार्जन गर्ने निर्णय गरेका छौं,’ नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले वताए ।

प्रधानमन्त्रीले भूमिहीनका समस्यालाई सम्बोधन गर्न वनसम्बन्धी ऐनलाई पनि परिमार्जन गरिने बताउनुभयो ।

जनताको विकास आकांक्षा अनुरूप वन ऐनलाई परिमार्जन गर्न आवश्यक रहेको बताउँदै उनले धेरै अवस्थामा ऐनले विकास निर्माणमा बाधा पुर्याएको बताए ।