काठमाडौंमा सुर्तीजन्य पदार्थको बिक्री वितरणमा पूर्ण प्रतिबन्ध
२०८० मंसिर १३, बुधबार ०९:३८
कामपाले मंसिर १ गतेदेखि सुर्तीजन्य पदार्थको बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाउने भएको छ ।
काठमाडौं महानगरपालिकाले आगामी पुस १३ गतेदेखि आफ्ना ३२ वडा वडामा सुर्तीजन्य पदार्थको बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाउने भएको छ ।
काठमाडौं महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले मङ्सिर १३ गतेदेखि महानगरका ३२ वटै वडामा प्लाष्टिकमा प्याकेज गरिएका सुर्तीजन्य पदार्थको बिक्रीवितरण, भण्डारण र प्रयोगमा पूर्ण निषेध गरिने बताए ।
उनका अनुसार सबै सुर्तीजन्य पदार्थ जस्तै चुरोट, बिडी, तमाखु, सल्फा, कक्कड, प्लाष्टिकमा प्याकेज गरिएको काँचो सुर्ती, चपाउने सुर्ति, गुटखा, पान परागलगायत छन्
यस्ता सामान बिक्री गरेको पाइएमा केएमसी प्रहरीले नियन्त्रणमा लिने बताइएको छ । ‘हामी काठमाडौंलाई स्वस्थ सहर बनाउने अभियानमा छौँ । २९ औँ कामपा दिवसका अवसरमा जनस्वास्थ्य र वातावरणमा हानिकारक सूर्तिजन्य पदार्थको भण्डारण, बिक्रीवितरण र प्रयोगमा रोक लगाउने निर्णय गरेका छौँ ,’ कामपा स्वास्थ्य विभागले जनाएको छ ।
प्रमुख पौडेलले यही २०८० सालमा जारी गरेको जनस्वास्थ्य ऐनको दफा ४२ मा यो व्यवस्था रहेको उनले बताए । सुर्तीजन्य पदार्थको प्रयोगले व्यक्तिको स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई न्यूनीकरण गर्न ऐनमा भएको व्यवस्थालाई कडाइका साथ लागू गर्न लागिएको हो ।
सहरको जनस्वास्थ्य र वातावरण सुधारको पहिलो सर्त सूर्तिजन्य पदार्थ नियन्त्रण हो। दोस्रो चरणमा हुक्का नियन्त्रण गर्ने कार्यक्रम कार्यान्वयन गर्ने तयारीमा कामपाले जनाएको छ




