रविकाे पार्टीले संघीयता(प्रदेश) खारेज प्रस्ताव
२०८० मंसिर १४, बिहीबार २०:५६
मधेस प्रदेशमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिले संघीयता खारेज गर्नुपर्ने प्रस्ताव गरे ।
आज (बिहीबार) सकिएकाे केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पारित गरेको राजनीतिक प्रतिवेदनमा प्रदेश संरचना खारेज गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
पार्टी सभापति रवि लामिछानेले पेश गरेको प्रतिवेदनमा प्रदेशप्रति जनताको असन्तुष्टि देखिएको दाबी गरे
साथै प्रदेशलाई नेता व्यवस्थापनका लागि बनाइएको संरचना भनेका छन्।
प्रदेशले आफ्नो उपादयता पुष्टि गर्न नसक्दा आम नागरिक प्रदेशस्तरको संरचनाप्रति असन्तुष्ट छन्’, प्रतिवेदनमा उल्लेख गरिएको छ ।




