युएईका व्यापारीलाई नेपालमा लगानी गर्न आह्वान
२०८० मंसिर १५, शुक्रबार ११:४८
प्रधानमन्त्री प्रचण्डले युएईका व्यापारीलाई नेपालमा लगानी गर्न आह्वान गरेका छन् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई सन् २०२६ सम्ममा एलडीसी वर्गबाट उत्तीर्ण गर्न पूर्वाधार, जनशक्ति र प्रविधिमा ठूलो लगानी आवश्यक रहेको बताउनुभएको छ ।
बिहीबार संयुक्त अरब इमिरेट्समा ‘नेपालमा लगानीको सम्भावनाः दुबईका व्यवसायी समुदायसँग अन्तरक्रिया’ शीर्षकको नेपाल–व्यापार मञ्चलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले युएईका जीवन्त व्यापारी समुदायलाई नेपालमा लगानी गर्न आमन्त्रण गरे ।
प्रधानमन्त्री प्रचण्डले युएई र नेपालले पारस्परिक हितका लागि साझेदारी गर्न सक्ने थुप्रै अवसरहरू रहेको बताउँदै प्रत्यक्ष हवाई सम्पर्क र लगातार उडान हुँदाहुँदै पनि हामीले आफ्नो पूर्ण क्षमतालाई महसुस गर्न नसकेको बताए । नेपालले पछिल्ला दिनमा आईसीटी लगायत विज्ञान र प्रविधिका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताउँदै प्रधानमन्त्रीले युएईका लगानीकर्ता र व्यवसायी समुदायलाई यी क्षेत्रमा मिलेर काम गर्ने अवसर खोज्न आमन्त्रण गरे ।
नेपालले सन् २०२४ अप्रिलमा तेस्रो लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले तुलनात्मक र प्रतिस्पर्धात्मक लाभका क्षेत्रमा विशेषगरी जलविद्युत, पर्यटन, कृषि र सूचना प्रविधि क्षेत्रमा सम्भावित लगानीकर्तालाई आमन्त्रण गरे ।
उहाँले भन्नुभयो, “निजी लगानी आकर्षित गर्न महत्वपूर्ण नीतिगत सुधार र प्रोत्साहनहरू ल्याउने छौं । म यो अवसरमा यूएईका प्रतिष्ठित लगानीकर्ता र व्यवसायी समुदायलाई कार्यक्रममा उनीहरूको बहुमूल्य सहभागिताको लागि निमन्त्रणा दिन चाहन्छु। आफ्नो सम्बोधनमा प्रधानमन्त्रीले युएई खाडी क्षेत्रको दोस्रो ठूलो अर्थतन्त्र र उदीयमान विश्व आर्थिक शक्ति भएको बताए
दुई देशबीच बलियो आर्थिक सम्बन्धले पारस्परिक लाभका लागि प्रशस्त अवसर प्रदान गर्ने नेपालले विश्वास लिएको छ ।




