एमालेले सुरु गरेको पश्चिमको झुलाघाटदेखि पूर्वको चिवाभञ्ज्याङसम्म मध्यपहाडी लोकमार्गको यात्राकाे उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् 

यसै  कार्यक्रम  डडेल्धुरा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई फोन गरि जय नेपाल भनेका छन् ।

छाटाे भिडियो सामाजिक सञ्जालमा राखेका छन् जहाँ ओलीले देउवाले काठमाडौंबाट डडेल्धुरामा स्वागत गरेको वताए ।

नेपाली काग्रेस पार्टी सभापति शेरबहादुर देउवाको डडेल्धुरा गृहजिल्ला हो। ‌

ओलीले आफ्नो फेसबुक पोस्टमा  डडेल्धुरा पुगेपछि देउवालाई कल गरौँ भन्ने लागेर फोन गरेका हुन् ।

‘सुन्दर डडेलधुरा! मेरा मित्र शेरबहादुर देउवाको गृहजिल्ला। यहाँ आएपछि उहाँलाई कल गरौँ भन्ने लाग्यो। उहाँले आफू काठमाडौंमा भए पनि डडेल्धुरामा स्वागत छ भन्नुभयो। धन्यवाद शेरबहादुरजी!’

‘जय नेपाल’ भन्दै कुराकानीको सुरुवात गरेका उनले देउवासँग फोनमा भनेका छन्, ‘यहाँ गन्यापधुराको छेवैबाट फोन गरेको। गन्यापधुरा भन्दा अलि पर्तिर यहाँ डडेल्धुरा बजारभन्दा अलि तल्तिर बसेका छौँ।’

उनले देउवालाई भनेका छन्, ‘राम्रो छ यतातिर। तपाईंको जिल्लामा आएको बेला यसो सम्झिएको नि!’