नेताहरुले उग्र महत्त्वकांक्षा त्यागु पर्ने : डा काेईराला
२०८० मंसिर १६, शनिबार १९:५८
नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम प्रदेश सम्मेलनलाई वरिष्ठ नेता डा शेखर कोइरालाले नेताहरुले उग्र महत्त्वकांक्षा त्यागेर आफ्नो आचरण नसुधारेसम्म कांग्रेस पार्टी परिवर्तन नहुने बताए ।
उनलेे कांग्रेस पार्टी परिबर्तन नभएसम्म देशमा सुशासन नआउने समेत बताए ।
युवालाई विदेश पलायन हुनबाट रोक्न नसके देश थप धरासायी हुने कोइरालाको भनाइ राखेका छन् ।
‘दैनिक लस्कर लागेर युवा विदेशिएकोमा हामी कसैलाई चिन्ता छैन । केवल स्वार्थ केन्द्रित राजनीतिमा छौं। अनि देश कसरी देश बन्छ ?’ कोइरालाले भने ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम प्रदेश सम्मेलनलाई बुटवलमा सम्बोधन गर्दै कांग्रेस नेता कोइरालाले अब कुनै पनि निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन नगर्ने बताए ।




