कोशी प्रदेशमा तीन मन्त्रीलाई मन्त्रालय बाँडफाँड
२०८० मंसिर १७, आईतवार १८:५२
मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रीको जिम्मेवारी बाँडफाँडसहितको जिम्मेवारी हेरफेर गरेका हुन् ।
विभागको बाँडफाँडअनुसार मन्त्री शमशेर राईलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय, मन्त्री गणेशप्रसाद उप्रेतीलाई पर्यटन, वन तथा वातावरण र मन्त्री कमलप्रसाद जबेगुलाई मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार विकास दिएका छन् ।
बाँकी मन्त्रालय मुख्यमन्त्री कार्कीले नै राखेका छन् ।




