प्रधानमन्त्री दाहालले ‘टिकटक’ खुलाउने पक्षमा
२०८० मंसिर १८, सोमबार २०:५७
प्रधानमन्त्री पुष्पकमल दाहालले ‘टिकटक’ छिट्टै खुल्ने बताए ।
प्रधानमन्त्री दाहालले टिकटकको नियमनबारे प्रतिपक्षी दल र कांग्रेससहित आफ्नो दल पनि सकारात्मक रहेको भए पनि विचार तथा अभिव्यक्ति स्वतन्त्रताप्रति सरकार सचेत रहेको जानकारी गराए ।
उनले आफ्नै नातिनातिना रातिको १ बजेसम्म टिकटक हेरेर बस्न थालेपछि यसको नियमन गर्नुपर्छ भन्नेमा आफू पुगेको बताए। सामाजिक सञ्जाल नियमन गर्न सरकारले कानुन बनाएको पनि उनले सम्पादकहरुसँगको भेटमा वताए
टिकटकको नियमन गर्न विपक्षी दलका नेता केपी शर्मा ओली र संसदको ठूलो दल कांग्रेस सभापति शेरबहादुर देउवाको समर्थन रहेको जानकारी गराए ।




