विराटनगर महानगरपालिका–७ सात घुम्ती रोडमा रहेको एउटा कवाडीको गोदाममा भएको आगलागीमा परी परिवारका सदस्यको ज्यान गएको वा घाइते भएका परिवारलाई विराटनगर महानगरपालिकाले राहत दिने भएको छ ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महानगरको विपद् व्यवस्थापन कोषबाट राहत उपलब्ध गराउने बताए ।

आगलागीमा परी ज्यान गुमाएका प्रत्येक परिवारलाई कोषबाट १ लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ दिइने छ ।

दुख मण्डलले सञ्चालित स्कारप गोदाममा बुधबार दिउँसो आगलागी हुँदा ४० वर्षीय दीपक मण्डल, ५५ वर्षीया सुशीला पासवान र ६५ वर्षीया सुनिता कामतको मानवीय क्षति भएको थियो । सुशीलाको घटनास्थलमै मृत्यु भएको मण्डलको अस्पताल लैजाँदै गर्दा बाटोमै र सुनिताको उपचारको क्रममा मृत्यु भएको हो ।

घाइते भएका ६५ वर्षीया सुनिता कामत, ६० वर्षीया रिता सरदार, विराटनगर–६ की ५८ वर्षीय किशोर पासवान र कटहरी गाउँपालिकाकी ३० वर्षीया पिंकी कामत घाइते भएका छन् । उनीहरुलाई बुधबार साँझ हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं ल्याइएको थियो जहाँ घाइते सुनिता कामतको मृत्यु भएको थियो ।

विराटनगर महानगरपालिकाले शव ल्याउने र काठमाडौंमा उपचार गराइरहेका अग्निपीडितलाई आवश्यक अक्सिजनको व्यवस्था गरेको छ