‘नो ट्याक्सेसन, विदाउट रिप्रिजेन्टेसन’ अमेरिकी क्रान्तिको नारा हो । बेलायतको संसदमा प्रतिनिधित्व बिनै उपनिवेशको रूपमा अमेरिकीहरूमाथि कर बढाएपछि उनीहरूले यसको प्रतिवाद गर्दै आफ्नो प्रतिनिधित्व नै नभएको संसदले बढाएको कर मान्य नहुनेभन्दै विद्रोह गरेका थिए ।

 यो नै अन्ततः अमेरिकी स्वतन्त्रताको आन्दोलनको प्रस्थानबिन्दू भयो । त्यसपछि संसदीय व्यवस्था अबलम्बन गर्ने प्रजातान्त्रिक देशहरूमा संसदको अनुमति बिना कर लगाउन र खर्च गर्न पाइँदैन भन्ने मान्यता छ ।

सरकारलाई जवाफदेही बनाउन जनप्रतिनिधिले अनुमोदन गरे अनुसार मात्र कर लगाउन र खर्च गर्न सरकारलाई अमुनति दिइएको हुन्छ त्यसलाई पछ्याउँदै प्रतिस्थापन बजेट ल्याउने काम काेशी प्रदेशमा भएको छ

नियमित वजेटकाे समय कटेकाे हुदाँ कोशी प्रदेशको आर्थिक वर्षको बजेट २०८० लाई प्रतिस्थापन बजेट ल्याएर सभावाट पारित भईसकेको छ। मुख्यमन्त्री केदार कार्कीले प्रतिस्थापन विधेयकमार्फत ३६ अर्ब ७४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट ल्याएका छन्

मुख्यमन्त्री कार्कीले प्रदेशको अर्थतन्त्रलाई नियमीत तवरले भन्दा फरक मार्गबाट विभिन्न नयाँ मार्ग खिपेका छन् ।

विश्व अर्थतन्त्रका संकुचन, केन्द्रीय बजेटको प्रभाव तथा सिमा भित्र रहेदै जनकल्याण तवरले प्रतिस्थापन बजेट पारित गराएका छन् ।

लोक वा जनकल्याणकारी मोडलको छेऊ समाउदै प्रदेशको आर्थिक विकास र स्थायित्वलाई जोड दिएको देखिन्छ ।

केही सामान्य प्रशासनिक र नितीगत सुधार गर्ने झल्किन्छ । बजेटेको मूल प्रवृतिमा केही फरकपन दिन खोजिएको छ।

प्रदेशको बढ्‌दो व्यापार घाटा कम गर्न उत्पादनको क्षेत्रमा व्यापक लगानीको गर्नुपर्ने देखिन्छ ।

मुलुक आर्थिक संकुचन (मन्दी) को भएको वेला धेरै महत्वकाक्षी नभई आएको बजेट ठिकै देखिन्छ ।

आर्थिक मन्दीका लक्षण हुदाँ उत्पादन वृद्धि नभई आर्थिक मन्दी पार गर्न सकिदैन । त्यस कारण उत्पादनका क्षेत्रको थप  पहिचान साथै हस्तक्षेपकारी निती ल्याउनु पर्ने देखिन्छ ।

कृषि र रोजगारीलाई जोड दिएको छ । स्रोत सुनिश्चीताकाे आधारमा पुरानो कार्यक्रम राखेरे अरु कटाएका छन् , यो राम्रो हो ।

नेपालको केन्द्रीय, प्रदेश सबै बजेटको मूल समाया भनेको चालु खर्चको तुलनामा विकास बजेट विनियोजन न्यून हुँदै  गाएको छ भने विकासका लागी विनियोजीत बजेट पनि न्यून अनुपातमा खर्च भइरहेकोछ ।

यस बजेटमा विकास बजेटलाई ५५% प्रतिशत पुर्याएका छन् जुन सकारात्मक रहेको छ ।

मुख्यमन्त्री कार्कीले पेश गरेको विधेयकमा नयाँ आयोजनाहरु  यसअघिको बजेट छर्ने परिपाटीलाई  अन्त्य गरेका छन् ।

 विधेयकमा १०  वर्ष मुनीका बालबालिकाको उपचारमा लागि निशुल्क विशेषज्ञ चिकित्सक सेवा प्रदान गर्ने  योजना समावेश गरे 

उनले कोशी प्रदेशमा प्रदेश स्तरीय जलन अस्पताल निर्माण गर्ने योजना समावेश गरेका छन् ।  

निजी क्षेत्रसँगको सहकार्यमा  निजी डेरीमा रहेको घिउ र पाउडर दूध निर्यातमा अनुदान दिने योजना समावेश गरेकाछन् 

वातावरण संरक्षणका लागि  ‘तुइन मैत्री प्रदेश हाम्रो अभियान भन्ने  नाराका साथ प्रदेशका पहाडी  र हिमाली  क्षेत्रको   भौगोलिक कठिनाईलाई सम्बोधन गर्न   बैकल्पिक यातायातको रुपमा  स्वचालित तुइन निर्माण गर्ने योजना पनि समावेश भएको छ ।

कृषि र पशु विज्ञान पढ्न चाहने प्रत्येक पालिकाका १–१  जना विद्यार्थीलाई डिप्लोमा तहमा छात्रवृति दिने व्यवस्था भएको छ ।

 उनलेे  युवा तथा महिला उद्यमी लक्षित तालिमको लागि बजेट व्यवस्थापन गर्ने भएका छन् ।

 त्यस्तै  पर्यटक प्रहरी परिचालन  गर्ने, प्रदेशमा रहेका थप पर्यटकीय स्थलको प्रवर्द्धन गर्ने भएका छन् ।

धरानमा तमोरको पानी अढाई किलोमिटर सुरुङ खनेर ल्याउन अध्ययन गर्ने व्यवस्था गरेका छन् 

विद्यालय शिक्षाको सुधारका लागि सामुदायिक विद्यालयका आधारभूत तहका विद्यार्थीका लागि बालमैत्री नमुना कक्षा सञ्चालन गर्ने भएका छन् ।

मुख्यमन्त्री कार्कीले राष्ट्रिय विभूति फाल्गुनन्द भाषा संस्कृति अध्ययन प्रतिष्ठानको स्थापना गर्ने तयारी गरेका छन् ।

उनलेे  विराटनगरमा रहेको संक्रामक रोग तथा सघन उपचार केन्द्रलाई शैलजा आचार्य हृदयरोग उपचार केन्द्रको रुपमा सञ्चालन गर्ने व्यवस्थापन गरे 

 मुख्यमन्त्रीले रूट लेवलका  काम गर्ने  स्वास्थ्य स्वयंसेविका महिलाहरूका लागि अतिरिक्त प्रोत्साहन भत्ता दिने भएका छन् 

कार्कीले भूमिहीन तथा सुकुमबासीले घडेरी खरिद गर्न लिएको ऋणको ब्याज मिनाहा गर्ने भएका छन् 

प्रायः  ५६ वटै क्षेत्रलाई अन्याय नहुने गरी प्रतिस्थापनमार्फत  याेजना,कार्यक्रम राखेका छन् 

केही नितिगत समस्यालाई हल गराउने , समयमै काम कार्यनयन गराउने र स्राेत व्यवस्थापनमा चुनाैति छ ।

भारतीय छिमेकी राज्यको आर्थिकसामाजिक उन्नति गर्दा पार्ने असर वा दवावलाई काेशी प्रदेशकाे वजेटले छुन सकेको देखिदैन । भारतीय जिडिपीकाे उक्लदाे वजारसंग समन्वय वा अवसरकाे प्रदेशले फाइदा उठाउनु पर्ने संयन्त्र निर्माण गर्नुपर्ने देखिन्छ

प्रदेशकाे आन्तरिक स्राेत साधनको समुचित प्रयोग , आन्तरिक कृषि उत्पादनमा वृद्धि र विश्व वजारमा पहुँच पुर्‍याउने थप जिम्मेवारी पनि जाेड दिनुपर्नेछ ।

(लेखक न्याैपाने राज का निजी विचार हुन् )