अर्थमन्त्री डा प्रकाशशरण महतले सिंगो राष्ट्रको अर्थतन्त्र सही बाटोमा हिँडेको बताउनुभएको छ ।

बुधबार देशको पछिल्लो आर्थिक अवस्थाबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री डा महतले यस्तो टिप्पणी गरेका हुन् ।

“राष्ट्रको समग्र अर्थतन्त्र सही बाटोमा हिँडेको छ। आर्थिक सुधारसहितको आगामी बजेटको गृहकार्य सुरु भएको छ।” मन्त्री महतले भने । “सबै सुधार प्रयासहरूले सकारात्मक नतिजा दिन थोरै समय लिनेछ। मलाई विश्वास छ कि मिडियाले अर्थतन्त्रमा देखिएका सकारात्मक संकेतहरूको वास्तविक जानकारी फैलाउन मद्दत गर्नेछ।