पुर्वकाे राजधानी विराटनगर महानगरले सूर्तीजन्य पदार्थको राेक लगाएको केही समयपछि काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र मंसिर २९ गतेदेखि चुरोटबिँडी र गुट्खासहित सबै सूर्तीजन्य पदार्थको बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाउने भएको छ।

आज बुधबार पत्रकार सम्मेलन गर्दै काठमाडौँ महानगरपालिकाले यसबारे गत मंसिर १२ गते नै सूचना निकालिएकाले बिहीबारदेखि सुर्तीजन्य पदार्थको बिक्रीमा प्रतिबन्ध लगाउने जानकारी दिएको छ ।

पत्रकार भेला गरि महानगरका प्रवक्ता नवीन मानन्धरले महानगरपालिकाको स्वास्थ्य विभागबाट मंसिर १२ गते निर्णय गरी खैनी, गुट्खा, पान पराग वा यस्तै मुखमा राख्ने रस लिने वा सेवन गर्ने सूर्तीजन्य पदार्थहरुको विक्री वितरण निषेध गर्ने गरी १५ दिने सूचना जारी गरिएको भन्दै बिहीबार (भोलि) देखि त्यसअनुसार बिक्रीमा प्रतिबन्ध लगाइने जानकारी गराए 

उनले त्यस्ता वस्तु बिक्री गरेको पाइएमा दुई पटकसम्म जफत गरिने अनि तेस्रो पटक पाइए पसल बन्द गर्ने जानकारी पनि पत्रकार सम्मेलनमा दिए। यसका लागि पसलहरुको नियमित अनुगमन र निगरानी गरिने पनि उनले बताए।