उच्च अदालत पाटनले खाँडलाई धरौटीमा रिहा गर्न आदेश
२०८० मंसिर २८, बिहीबार २१:१८
उच्च अदालत पाटनले बिहीबार पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ
न्यायाधीश कृष्णराम कोइरालाको इजलासले पूर्वमन्त्री खाँणलाई धरौटीमा रिहा गर्न आदेश दिएको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए ।
यसअघि मंसिर १ गते उच्च अदालत पाटनले पूर्वगृहमन्त्री खाँण र पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई नक्कली भुटानी शरणार्थी घोटालामा थुनामा राख्न आदेश दिएको थियो ।




