ओहोदाको पत्र प्रस्तुत गरे नयाँ राजदूतहरू
२०८० मंसिर २८, बिहीबार २१:२८
राष्ट्रपति भवनमा बिहीबार आयोजित छुट्टाछुट्टै समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष श्रीलंका, पनामा र बेल्जियमका नेपालका लागि राजदूतहरुले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।
नेपालका लागि श्रीलंकाका आवासीय राजदूत सुदर्शन के पाथिराना र पनामाका गैरआवासीय राजदूत यासिल एलिनेस बुइलो रिभेरा र बेल्जियमका डिडियर अन्ना एल भान्डरहासेल्टले राष्ट्रपति पौडेलसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
कार्यक्रममा नेपाल सरकारका उच्चस्तरीय अधिकारीहरुको उपस्थिति रहेको थियो ।
नवनियुक्त राजदूतहरुलाई नेपाली सेनाको विशेष घोडागाडीमा चढेर लाजिम्पाटको होटल र्याडिसनबाट राष्ट्रपति भवनसम्म पुर्याइयो ।




