चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले कैलालीको लक्ष्मीनारायण मन्दिरमा अनशन  सुरु गरेका छन् ।

सरकारले विगतमा पटक–पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै डा. केसीले तीनदिन अनशनमा बस्ने बताए 

चिकित्सा शिक्षा सुधारवादी प्राध्यापक डा गोविन्द केसीले आज साँझ ५ बजेदेखि तीन दिने सत्याग्रह शुरु गर्ने घोषणा गरेका छन् ।

दस दिनअघि पित्त थैलीको शल्यक्रियाबाट निको भएका डा केसीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा अत्यावश्यक सुधारको वकालत गर्दै आन्दोलन सुरु गरेका हुन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा केसीले यसअघि भएका सम्झौता कार्यान्वयन, कर्मचारी दरबन्दीबाट सरकारी अस्पतालको क्षमता अभिवृद्धि, निःशुल्क औषधिको व्यवस्था, गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान तत्काल स्थापना गर्नुपर्नेलगायतका माग राखेका थिए । चिकित्सा शिक्षा ऐनमा तोकिए बमोजिम प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज।

साथै, डा. केसीले सशस्त्र द्वन्द्वका क्रममा भएका जघन्य अपराधका घटनामा जवाफदेही हुन, पीडित परिवारलाई न्याय दिलाउन र सङ्क्रमणकालीन न्यायको प्रक्रियालाई छिटो सम्पन्न गर्न आग्रह गरेका छन् ।

उनले भौगोलिक हिसाबले इलाम, उदयपुर र डडेल्धुरामा मेडिकल कलेज खोल्ने सरकारको प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिए ।