मोरङमा सिडियाेमा प्रेमप्रसाद भट्टराई
२०८० मंसिर ३०, शनिबार २०:४७
मोरङको प्रमुख जिल्ला अधिकारीमा प्रेमप्रसाद भट्टराई सरूवा भएर आएका छन् ।
हालै गृह मन्त्रालयले मातहतका २५ अधिकारीहरूको सरूवा एवम् पदस्थापन गरेकाे छ ।
जसमा पाँच जना गृह मन्त्रालयमा सहसचिवका रूपमा सरुवा तथा पदस्थापन गरिएको छ ।
बाँकी १६ जना प्रमुख जिल्ला अधिकारीको रूपमा सरुवा भएको गृह मन्त्रालयले जानकारी दिएको छ ।
मोरङका वीरेन्द्रकुमार यादवको गृह मन्त्रालयमा सरूवा भएको छ।




