दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानले सम्मान तथा पुरस्कार प्रदान
२०८० पुष २, सोमबार १२:३३
नेपाली काव्यलेखन परम्परामा राष्ट्रकवि माधवप्रसाद घिमिरेद्वारा स्थापित शिल्प तथा शैलीका व्यावहारकि प्रयोक्ताका रूपमा साहित्यिक जगत्मा परिचित र स्थापित गराएका कवि दैवज्ञराज न्यौपानेले बालसाहित्य र समालोचनाका क्षेत्रमा समेत उत्तिकै सक्रियताका साथ उनले कलम चलाएका थिए।
कवि न्यौपानेको ८२ अौजन्मजयन्ती तथा बाह्रौँ स्मृति दिवसको अवसर पारेर शनिबार पोखरामा एक कार्यक्रमको आयोजना गरी उक्त सम्मान र पुरस्कारहरू समर्पण गरिएको छ ।
साे सभामा दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानले यस वर्ष दैवज्ञ विशिष्ट स्रष्टा सम्मान १०३ वर्षीय शताब्दी काव्यपुरुष गोपाल वैद्य ‘किञ्जल्क’ लाई प्रदान गरेको छ।
यसरी नै दैवज्ञ साहित्य पुरस्कार वरिष्ठ कवि गोविन्दराज ‘विनोदी’ दैवज्ञ बालसाहित्य पुरस्कार वरिष्ठ कवि तथा बाल साहित्य स्रष्टा रामबाबु सुवेदी र दैवज्ञ समाजसेवा पुरस्कार अली मियालाई प्रदान गरियाे ।
सम्मानित वैद्यलाई रु. पचपन्न हजार पाँच सय पचपन्न र अन्य पुरस्कृत व्यक्तित्व तथा संस्थालाई जनही रु. तेत्तीस हजार तीन सय तेत्तीस नगद राशि प्रदान गरिएको हो।
कवि दैवज्ञराज न्याैपानेसंग नजिक रहेका समालोचक प्रा कविराज न्याैपानेले दैवज्ञराज कवि/ गीतकार /प्राध्यापनका रूपमा उनको विशिष्टता भरिएको व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले युवा अवस्थादेखि नै प्रजातान्त्रिक विद्यार्थीका रूपमा याेगदान पुर्याउनु भएको थियो । सबै मानवप्रति समानभाव राख्ने गर्नुहुन्थ्यो । न्याैपाने कुलका डी लक्ष्मीपति ,नरनाथ र पं खगेश्वर न्याैपाने झै कुलवंशका ज्ञाता र कुलकाे प्रतिष्ठा अभिवृद्धि गराउने कार्य उहाँले गर्नुभयो ।
‘पोखरा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. प्रेमनारायण अर्यालको प्रमुख आतिथ्य र प्रतिष्ठानका अध्यक्ष डा. केदार न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राध्यापक डा. कुसुमाकर न्यौपाने र विन्ध्यवासिनी संस्कृत विद्यापीठ, पोखराका प्राचार्य प्राध्यापक डा. जगन्नाथ रेग्मीले सम्मानित तथा पुरस्कृत व्यक्तित्व एवं संस्थाको परिचय दिनुभएको थियो ।
कवि दैवज्ञराज न्याैपानेकाे किसानको रहर कविता अत्यन्तै मनपराईएकाे कविता रहेको छ । उनको कृति गाउँखाने कविता,नेपाली कविता भाग २,तोतेबोली (कविता),सिर्जनाको लहर,जोर मुरली,बालसंसार,पोल्टाका गीतहरू,सबै हाम्रा साथी र घामले ढोका खोल्यो (बालकविता सङ्ग्र) कृति प्रकाशित छन् ।
उनको वि.सं. २०६८ पुस २ गते निधन भएको थियोे ।





