यस वर्ष धानको भाउ बढेपछि झापाका किसान खुसी भएका छन् । गत वर्षको तुलनामा यस वर्ष धानको मूल्य २५ देखि ५० प्रतिशतले बढेको छ ।

गत वर्ष यस समयमा धानको मूल्य प्रतिमन ( ४० केजीमा )रू १ हजारदेखि अधिकतम १२ सयसम्म पुगे पनि अहिले मूल्य रु. १५०० देखि रु. १६०० प्रतिमन रहेको छ ।

यस वर्ष धानको मूल्य राम्रो भएको कमल गाउँपालिकाका किसान मदन आचार्यले बताए । सरकारले गत वर्ष तोकेको न्यूनतम समर्थन मूल्यमा पनि धान बिक्री गर्न नसकेको उनले स्मरण गराए ।

दमक नगरपालिका–१० का कृषक केदार मिश्रका अनुसार धानको मूल्य दिनप्रतिदिन बढ्दै गएको छ । ‘धान प्रतिकिलोमा बिक्री भइरहेको छ । बजारमा १६०० प्रति ४० केजी रहेको छ ।

उचित मूल्य पाएमा किसानलाई धान खेती गर्न प्रोत्साहन गरिने उनले बताए ।

उनका अनुसार यस वर्ष पनि धानको मूल्य बढेमा कृषकलाई थप धान खेती गर्न प्रोत्साहन गरिनेछ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी बिर्तामोड शाखाले तोकेको मूल्यभन्दा कृषकले सहजै मूल्य लिइरहेका छन् । गत सोमबारदेखि कम्पनीले सोना मनसुली धान र रञ्जित मनसुली धान रु. ३३६२ प्रति क्विन्टल पुगेको छ ।

धानमा कीरा नलाग्ने, राम्रोसँग सुकाएर विदेशी पदार्थ तथा अन्य धान नहुने, धान बेच्ने किसानले नागरिकताको प्रतिलिपि र स्वघोषणा पत्र ल्याउनु पर्ने लगायतका व्यवस्थाका कारण कृषकहरु समस्यामा परेको उनीहरुले बताए । कम्पनीलाई चामल बिक्री गर्न समस्या।

सम्बन्धित वडा कार्यालय, नगरपालिका वा गाउँपालिकाबाट जारी गरेको कृषक प्रमाणपत्रको सिफारिस ल्याउनुपर्ने बाध्यताले गर्दा किसान धान खेतीतर्फ आकर्षित नभएको उनीहरुले बताए ।

सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेको छ ।

यस अनुसार मोटो चामलको मूल्य प्रतिक्विन्टल रु. तीन हजार १९८ र मध्यम चामलको मूल्य रु. ३३६२ प्रति क्विन्टल छ

विगतका वर्षहरूमा सरकारले तोकेको न्यूनतम समर्थन मूल्य पनि किसानले पाएका छैनन् ।

कृषि ज्ञान केन्द्र झापाका अनुसार जिल्लामा यस वर्ष करिब चार लाख ३६ हजार ४६७ टन धान उत्पादन भएको छ ।

गत वर्षको तुलनामा यस वर्ष आठ हजार ६ सय टन धान उत्पादन बढेको छ ।

यस वर्ष जिल्लामा धान रोप्ने क्षेत्रफल घटे पनि धान उत्पादन बढेको छ ।

उत्पादन लागत कम र मूल्य बढी हुने भएकाले वर्षमा दुई पटक धान रोप्न पनि किसान उत्साहित भएका छन् ।