सरकारका मन्त्री हेरफेर गरेर पनि कार्यसम्पादन राम्रो हुन्छ : प्रधानमन्त्री प्रचण्ड
२०८० पुष ६, शुक्रबार २०:०७
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री हेरफेर गरेर पनि सरकारको कामलाई तिब्रता दिने वाचा गरेका छन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले यहाँ मिक्लाजुङ–५ मा आयोजित ‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’ कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।
नियमिततामा चिरफार गर्नु आफ्नो विशेषता रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सरकारको एक वर्ष पूरा भएपछि आफू नयाँ ढंगले अघि बढ्ने बताए ।
‘नियमितताको निरन्तरता भङ्ग गर्छु। सरकारले पुस २६ गते एक वर्ष पूरा गर्दैछ। मंसिर २७ गतेदेखि नयाँ ढंगले अगाडि बढ्ने तयारी गरिरहेको छु’, प्रधानमन्त्रीले भने ।
केही मन्त्रीले सोचेभन्दा कम काम गरेको भन्दै उनले योजनाअनुसार विकासका कामलाई तीव्रता दिन यस्ता मन्त्रीलाई हटाउने बताए ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले सडक र खानेपानीसम्बन्धी तीन स्थानीय विकास आयोजनाको समस्या तत्काल सम्बोधन गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले दुग्ध व्यवसायीको बक्यौता तिर्न पहल गर्ने आश्वासन पनि दिए ।




