नेपाल उद्योग परिसंघले राष्ट्रपति रामचन्द्र पाैडेललाइ सम्मानित गरेेका छन् ।

वातावरण संरक्षणका साथै हरित र लचिलो अर्थतन्त्रले दिगो विकासका लागि सङ्घ, प्रदेश र स्थानीय तह र निजी क्षेत्रबीच सुदृढ सहकार्यका साथ अगाडि बढ्न आवश्यक रहेको राष्ट्रपति पौडेलले वताए

कोशी प्रदेशका हलेसी महादेव, त्यम्केका सिद्धबाबा, पाथीभरा देवी, चिन्ताङ देवी, बराहक्षेत्रलगायतका तीर्थस्थल तथा स्तूप, मन्दिर र लोवरकाटी किराँत मन्दिरलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गरी राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्ने बताए ।

“यस क्षेत्रमा पर्यटन वा औधोगिक दुवै पक्षमा प्रचुर सम्भावना छ। हामीलाई दृढ संकल्प, प्रतिबद्धता, इमान्दारिता र नैतिकता चाहिन्छ,” उनले भने।

स्थापना नेतृत्व टोलीको सफल कार्यकालको कामना गर्दै आज सम्मानित सबैको सुस्वास्थ्य र दीर्घायुको कामना गरेका छन् ।

त्यस्तै, कोशी प्रदेश  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनताको आवश्यकता र आकांक्षालाई सम्बोधन गर्न प्रदेशको भूमिकामा जोड दिए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले राष्ट्रपतिलाई लोकतन्त्र र गणतन्त्रका लागि लामो सङ्घर्ष गर्ने व्यक्तिको रुपमा स्वीकार गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अभिभावकको भूमिका निर्वाह गर्न आग्रह गरे ।

नेपाल उद्योग परिसंघका अध्यक्ष भीम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्की, सिएनआइका संस्थापक अध्यक्ष विनोदकुमार चौधरीलगायतले आफ्नो धारणा राखेका थिए ।