एमालेले आफ्नो संकल्प मार्चको ‘उपलब्धिहरू’
२०८० पुष ८, आईतवार २१:४३
नेकपा (एमाले)ले मध्यपहाडी (पुष्पलाल) लोकमार्गलाई केन्द्रमा राखेको ‘समृद्धिको लागि सङ्कल्प यात्रा’का उपलब्धि आज सार्वजनिक गरेको छ ।
मंसिर ३० गते बैतडीको झुलाघाटबाट सुरु भएको पदयात्रा मङ्सिर १७ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समापन भएको थियो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा ‘संकल्प पदयात्रा’ले पार्टीमा उत्साह ल्याउनुका साथै विकास, समृद्धि र राष्ट्रियतालाई जोड्ने महत्वपूर्ण कोसेढुङ्गा हासिल गरेको बताएको छ । जहाँ पार्टी कार्यकर्ता र स्थानीय जनता बीच जाेड्ने काम भएको छ ।
पदयात्रालाई अभूतपूर्व र अविस्मरणीय भएको भन्दै अध्यक्ष ओलीले मध्यपहाडी क्षेत्रको विकास र समृद्धिलाई प्राथमिकता दिन सरकारलाई आग्रह गरे । ‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ भन्ने भावना र सन्देशका साथ अभियानको क्रममा सार्वजनिक भेलाहरू, कलेज र स्कूलका विद्यार्थीहरूसँग छलफल गरियो।
त्यसैगरी स्थानीय कृषकसँगको अन्तरक्रिया, कृषिविद्सँगको संवाद, विकास निर्माणका कामको अवलोकन, नमुना काम गर्ने व्यवसायीसँग भेटघाट, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक स्थलको अवलोकन, जनताका अनुभव, गुनासो र प्रतिक्रिया सङ्कलनलगायतका कार्यक्रम रहेको एमालेले जनाएको छ ।
एमालेका महासचिव शंकर पोखरेलले पहाडबाट बढ्दो पलायनको पहिचान गरी त्यसको समाधान खोज्न, सामाजिक सद्भाव र राष्ट्रिय एकता प्रवर्द्धन गर्न, आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक अवस्था बुझ्न अभियानले पार्टीलाई सहयोग गरेको बताए ।
मध्य पहाडी क्षेत्रको औद्योगिक र पर्यटन सम्भावना
संकल्प र्यालीमा पार्टीका शीर्ष नेतृत्व, केन्द्रीय पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय सदस्य तथा प्राविधिक टोलीको सहभागिता रहेको थियो




