विद्यालय भवनको उद्घाटन
२०८० पुष १०, मंगलवार १६:१६
नेपाली काग्रेसका वरिष्ठ नेता डा शेखर काेइरालाले लिलाभक्त राम आधारभुत विद्यालयको नवनिर्मित दुुईवटा काेठाकाे भवन उद्घाटन गरेका छन् ।
बुढीगंगा गाउँपालिकाकाे आर्थिक सहयोग मार्फत निर्मित उक्त भवनको शिलालेख अनावरण वरिष्ठ नेता डा शेखर तथा बुढीगंगा गाउँ पालिका अध्यक्ष जितनारायण थापा मगरले संयुक्त रूपमा रिवन काटेर उद्घाटन गरिएको छ
सो अवसरमा डा शेखरले देशको आर्थिक अवस्था सुधार गर्न मिटर व्याजीकाे कारवाही गर्न ऐन निर्माण भए संगै बैकर र व्यवसायी एकै हुने साथै सर्वसाधारणको सहज ऋण प्रवाह गराउन सरकारले छुट्टै ऐन ल्याउन जरुरी रहेको वताए
गाउँपालिका थापा मगरले यस विद्यालयलाई देशकै नमुना विद्यालय वनाउने याेजना रहेको छ ।
उनले सामुदायिक शिक्षामा विद्यार्थीको पहिलो रोजाइ हुन सफल यस विद्यालयमा नर्सरीदेखि प्राविधिक शिक्षा पाउने तहसम्मको अध्ययन अध्यापन हुने व्यवस्थामा लाग्ने वताए ।
नेपाल परिसंघका केन्द्रीय सदस्य भिमप्रसाद घिमिरेले श्रमिकका छाेराछाेरि पढ्ने विद्यालयलाई सामान्य अवस्थादेखि हाल सम्म पनि लायन्स सहयोग गरिरहेकाछाैं भनेका छन्
व्यवसायी राजन खत्रीले साेहि विद्यालय एक वालिकालाई जिवनभरि नै पढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
विद्यालयका प्रअ राममाया थापा मगरले भवन निर्माणको आय–व्यय प्रस्तुत गर्दै विद्यालय नयाँ भवनबाट छिटै व्यवस्थित रुपमा कक्षा सञ्चालन हुने बताए ।
साे सभामा बुढीगंगा गाउँपालिका उपाध्यक्ष अमृता गच्छदार ,वडा अध्यक्षहरू साेमराज काफ्ले ,रेवति चाैधरि ,तिलक मंडल साथै वैक प्रवन्ध दर्शनराज न्याैपाने ,स्थानीय नेता विष्णुराज बुढाथोकी ,लाेकनाथ चाैधरी र निराजन घिमिरे लगायत शिक्षक विद्यार्थी उपस्थिति रहेको महिला नेतृ मिना विश्वासले जानकारी दिएकी छिन्




