राष्ट्रिय सभा सदस्यका लागि कोशीबाट कांग्रेसले नाम सिफारिस गर्याे
२०८० पुष ११, बुधबार ०६:३६
हिजो वसेकाे नेपाली कांग्रेस कोशी प्रदेश समितिकाे बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि सम्भावित नाम सिफारिस गर्याे
बैठकले पूर्वमन्त्रीदेखि सांसद, तथा नेताहरुसहित ९ जनाको नाम सिफारिस गरेको प्रदेश समितिको सूचना तथा सञ्चार समिति संयोजक बासु कोइरालाले वताए ।
जसमा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला, सुजाता कोइराला, पूर्वमन्त्री महेश आचार्य, डा. मीनेन्द्र रिजालको नाम सिफारिस भएको छ। त्यसैगरी प्रदेश समितिले पूर्व सांसद डीला संग्रौला, रुक्मणी कोइराला, गुरुराज घिमिरे, उमेशजंग रायमाझी र आंगेलु शेर्पाको नाम सिफारिस गरिएको छ ।
त्यसैगरी बैठकले प्रदेशस्तरीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको संयोजकमा कांग्रेस कोसी प्रदेश समितिका उपाध्यक्ष रमेशजंग रायमाझीलाई नियुक्त गरेको छ ।
साथै साेही बैठकले मिति तय नगरेपनि कांग्रेसको कोसी प्रदेश सम्मेलन विराटनगरमा गर्ने निर्णय गरेका छन्




