नेपाल लोकतन्त्रीवादी जनजाति महासंघ बुढीगंगा गाउँपालिका तदर्थ समितिमा सभापति मिना विश्वासको नेतृत्वमा  गठन गरिएको छ ।

साे सभामा नेपाली काग्रेसकाे भातृ संघको रूपमा नेपाल लोकतन्त्रीवादी जनजाति महासंघ स्थापना भई स्थानीय तहमा पनि गठन गरिएको बुढीगंगा गाउँपालिका अध्यक्ष जित नारायण थापा मगरले वताए ।

सभापतिमा मिना विश्वासको नेतृत्वमा गठन तथा तदर्थ समिति घाेषणा गरिएको छ । पालिका भरि छरिएका आदिवासी जनजातिलाई एकता वनाउदै संघका कार्यक्रमहरू सातै वडा तहमा पनि विस्तार गरिनेछ सभापति मिना विश्वासले जानकारी दिइन् ।

 साे अवसरमा पुर्व गाउँपालिका अध्यक्ष बालचन्द माझीले नेपाली काग्रेस पार्टीकाे संघठन विस्तार गर्न जनजाति महासंघ बुढीगंगा सहयोगी हुने विश्वास लिएको वताएका छन् ।