पुल निर्माण हुँदा नै भत्कियाे
२०८० पुष १२, बिहीबार १२:४८
नेपालकाे विकास निर्माण हुने क्रमसंगै कामको गुणस्तर मापदण्ड र अनुगमनकाे ज्ञान अभावले गर्दा भोजपुरको इर्खुवा खोलामा निर्माणाधीन पक्की पुल भत्किएको छ ।
साे पुल निर्माण षडानन्द नगरपालिका वडा नम्बर २ र साल्पा सिलिछो गाउँपालिका वडा नम्बर ३ जोड्ने पुल हाे ।
आज बिहान काम गर्ने सिलसिलामा नै भत्किएको छ ।
स्थानीय जनताको अनुसार साे पुल ढलानको तयारी थियो । ढलानका लागि छड राखिसकिएको थियो । तर फर्मा भाँचिएपछि सबै तल खसेको वताए । साे घटनामा मानवीय क्षति भने भएको छैन ।




