बिमस्टेकले नेपालको आर्थिक विकासमा सघाउन सक्छ : परराष्ट्रमन्त्री साउद
२०८० पुष १३, शुक्रबार १०:३०
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले देशको परराष्ट्र नीति क्षेत्रीय मञ्चबाट राष्ट्रिय हितलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको बताउनुभएको छ ।
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को भावी दिशाबारे आज यहाँ नीति अनुसन्धान संस्थानले आयोजना गरेको कार्यक्रममा उहाँले आर्थिक, सामाजिक,सांस्कृतिक क्षेत्रहरूकाे
पारस्परिक सहयोग अभिवृद्धि गर्न एसियामा स्थापित क्षेत्रीय संघसंस्थामा नेपाल आबद्ध भएको बताउनुभयो ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क), बिमस्टेक र एसियाली सहयोग संवाद जस्ता संस्थाहरूले नेपाललाई आर्थिक विकाससँग सम्बन्धित चुनौतिहरू पार गर्न मद्दत गर्न सक्छन्।
मन्त्री साउदले क्षेत्रीय ब्लकभित्रको सहकार्य र सहकार्यलाई अझ प्रभावकारी बनाउन र थप सुदृढ गर्न बिमस्टेक प्रक्रियाले आगामी दिनमा गर्नुपर्ने कार्यदिशाबारे सुझाव दिन बिमस्टेक इपिजी (प्रबुद्ध व्यक्ति समूह) गठन गरिएको बताए ।




