काेसी प्रदेशको एउटा पालिकाले स्कुलमा जंक फुडमाथि प्रतिबन्ध लगाउने
२०८० पुष १३, शुक्रबार १९:२४
काेसी प्रदेशको बुढीगंगा गाउँपालिकामा भित्र रहेको सबै विद्यालयमा जंक फुडमाथि प्रतिबन्ध लगाउने अभियान सुरु गर्ने भएको छ।
बुढीगंगा पालिका जन स्वास्थ्य ऐन जारी गरेपछि वनेकाे जनस्वास्थ्य वाेर्डले पालिका भरिका स्कुलमा जंकफुडमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ भनेर स्वास्थ शाखा प्रमुख वासु रेग्मीले वताए
स्वास्थ्य जीवन प्रवर्द्धन तथा पाेषययुक्त खाने बानिकाे विकासका निमित्त याे अभियानको गरिएको हाे भनी बुढीगंगा गाउँपालिका अध्यक्ष जितनारायण थापा मगर वताएका छन् ।
याे हाम्रो अभियान अन्य पालिकाले पनि नमुनाकाे रूपमा शिक्षण संस्थाहरुमा जंक फुड पूर्ण प्रतिबन्ध लगाउदा राम्रो हुने अध्यक्ष थापा मगरले वताए
बालबालिकालाई स्थानीय तहमा उपलब्ध पाेषणले भरिएको खाने वानिकाे विकास हाेस् भनी जंक फुडमाथि निषेधित गरिएकाे छ भनेर वडा अध्यक्ष तिलक मंडलले वताए ।





