संघले प्रदेशलाई पाउने अधिकार हस्तान्तरण गर्न दवाव  दिन सातै प्रदेशका मुख्यमन्त्रीहरुले संघीय सरकारलाई संविधानको कार्यान्वयन गर्न अल्टिमेटम दिन शनिबार प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा पुगेर उनीहरुले संविधानको कार्यान्वयन गर्न संघ सरकारलाई अल्टिमेटम दिए 

प्रधानमन्त्री दाहाललाई भेटेपछि साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधान कार्यान्वनको लागि सबै प्रदेशका मुख्यमन्त्रीहरु एक भई प्रधानमन्त्रीलाई अल्टिमेटम दिएको बताए।

उनले प्रधानमन्त्रीलाई अघिल्लो पटकको जस्तो ज्ञापनपत्रको निरन्तरता वा अधिकार माग्नको लागि निरन्तरता दिने काम नभइ यो पटक संविधान कार्यान्वयनको लागि अल्टिमेटम दिइएको छाैं ।

उनले संविधान समयमै कार्यान्वयन नभए थप दबाबमूलक कार्यक्रम अघि बढाउने चेतावनी पनि दिए। ज्ञापन पत्र बुझाउने, आश्वासन दिने निरन्तरताको क्रमभंग गर्न आफूहरु काठमाडौँ आएको उनको भनाइ थियो।

प्रदेशमा सुशासनको बारेमा प्रश्न उठ्ने गरेको भन्दै संघीय कानून नबन्दा कर्मचारीहरु नियुक्ति गर्न नपाएको र आधा कर्मचारीहरुबाट सुशासन दिन नसकिने बताए। मुख्यमन्त्री कार्कीले संघीय संसद र सांसदहरुले विधेयकमा छलफल गरेर कानून पास गर्ने कुरा बिर्सिएर मन्त्री बन्ने र भाइरल हुने काममा मात्रै लागेको आरोप लगाए। उनले संघीय संसदलाई भाइरल हुने रोग लागेको बताए।