तत्कालीन राजा वीरेन्द्र शाहको ७९औँ जन्मजयन्ती शनिबार विभिन्न कार्यक्रम गरी मनाए ।

२००२ साल पुस १४ गते तत्कालीन राजा महेन्द्र र रानी इन्द्रराज्यलक्ष्मीको पहिलो पुत्रका रूपमा वीरेन्द्रको जन्म भएको थियो । बुवा महेन्द्रको निधनपछि २०२८ साल माघमा उनले राजगद्दी सम्हालेका थिए ।

जन्मजयन्तीका अवसरमा राजसंस्था समर्थकले ललितपुरको जावलाखेलस्थित वीरेन्द्रको सालिकमा माल्यार्पण गरे । ०५८ जेठ १९ गते राजा वीरेन्द्रको निधन भएको थियो ।

पारिवारिक जमघटमा भएको गोलीकाण्डमा उनीसहित रानी ऐश्वर्य, छोराहरू युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, छोरी श्रुतिसहित आफन्त मारिएका थिए ।