नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी राष्ट्रियसभा निर्वाचनमा पार्टीको प्रतिनिधित्व गर्ने उम्मेदवारका लागि निश्चित मापदण्ड निर्धारण गर्ने निर्णय गर्दै आज सम्पन्न भएको छ ।

त्यसैगरी पार्टीको केन्द्रीय कार्यालय सानेपामा मङ्सिर २८ गतेदेखि बसेको बैठकले महासमिति बैठकको परिमार्जित मितिलाई अनुमोदन गर्दै माघ १५ गतेदेखि फागुन ५ गतेसम्म समुदायमाझ कांग्रेसको प्रचारप्रसार गर्ने निर्णय गरेको सूचना, सञ्चार तथा प्रचार प्रमुख  मिन विश्वकर्माले जानकारी दिए 

केन्द्रीय समितिले सुशासनको क्षेत्रमा देखिएका समस्या औंल्याउदै जनतालाई सुशासनको प्रत्याभूति दिने सेवा उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिले शुक्रबार बालकुमारी घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन गर्न, दोषीलाई कारबाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन पनि माग गरेको छ ।