राजनीतिक नेतामा इमान्दारिता चाहिन्छ : नेता कोइराला
२०८० पुष १७, मंगलवार १०:१२
नेपाली काँग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले राजनीतिमा लागेकाले नैतिकता र संस्कृति चाहिने बताए
राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा सोमबार नेपाल लोकतान्त्रिक लडाकु संघको वाग्मती प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले नेपाली कांग्रेसलाई सुदृढ गर्न बीपी कोइरालाले राष्ट्रियता, लोकतन्त्र र समाजवाद तीन शब्दको मन्त्र दिएको स्मरण गराए ।
“काङ्ग्रेस किन झन् कमजोर बन्दै गइरहेको छ? पार्टीलाई सुझाव दिनुपर्छ, काङ्ग्रेसका गतिविधिमा स्वस्थ आलोचना गर्न आवश्यक छ,” उनले वताए ।
कार्यक्रममा पार्टीका सहमहासचिव दीना उपाध्यायले पुराना वरिष्ठ नेताहरुको अभिलेख राख्न पार्टीलाई सुझाव दिनुभयो ।
उनले पार्टीका वरिष्ठ नेताहरुलाई उनीहरुको योगदानका आधारमा सम्मान गर्न सकिने पनि बताए । संघका केन्द्रीय अध्यक्ष बालकृष्ण दाहालले नेपाल सरकारले लोकतान्त्रिक लडाकुलाई परिचयपत्र दिन माग गरेका छन् ।
नेपाली राजनीतिमा लोकतान्त्रिक लडाकुहरूले महत्वपूर्ण योगदान पुर्याएको उनको भनाइ थियो ।




