सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच आगामी माघ १५ गते हुने राष्ट्रियसभाको निर्वाचनबारे छलफल गर्न आज भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालगायतले राष्ट्रियसभा निर्वाचनबारे छलफल भएको कांग्रेस सदस्य सचेतक रमेश लेखक जानकारी दिए ।

उनले प्रतिनिधिसभाको निर्वाचनलाई लिएर अन्य राजनीतिक दलसँग पनि बैठक बस्ने बताए । भेटमा देउवासँगै कांग्रेस उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, महासचिव गगनकुमार थापा, प्रमुख सचेतक लेखकलगायत सहभागी थिए ।

कार्यक्रममा माओवादी केन्द्रका तर्फबाट वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको पनि उपस्थिति रहेको थिए