आज भारतका विदेशमन्त्री डा. सुब्रह्मण्यम जयशंकरले नेपाल आउने
२०८० पुष १९, बिहीबार ०६:२९
दुई देशबीचको उच्चस्तरीय संयन्त्र नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक यही पुस ४ र ५ मा काठमाडौंमा हुँदैछ
संयुक्त आयोगको बैठकमा द्विपक्षीय सम्बन्धको समग्र अवस्था र आपसी सहयोगका विभिन्न क्षेत्रको समीक्षा हुने परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
नेपालका परराष्ट्रमन्त्री एनपी साउद र भारतका विदेशमन्त्री डा. सुब्रह्मण्यम जयशंकरले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बैठकको सहअध्यक्षता गर्नेछन् ।
बैठकमा सहभागी हुन एफएम साउदको निमन्त्रणामा डा जयशंकर बिहीबार काठमाडौं आउने कार्यक्रम छ ।
भ्रमणका क्रममा मन्त्री डा जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्नेछन् ।
एफएम साउदले आगन्तुकहरुको सम्मानमा रात्रिभोजको पनि आयोजना गर्नेछन् । डा जयशंकर शुक्रबार भारत फर्कनेछन् ।
भारत-नेपाल संयुक्त आयोग 1987 मा स्थापित भएको थियो र यसले दुवै मन्त्रीहरूलाई द्विपक्षीय साझेदारीका सबै पक्षहरूको समीक्षा गर्न प्लेटफर्म प्रदान गर्दछ।
यसैबीच, भारतको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, भ्रमणका क्रममा डा जयशंकरले नेपालको नेतृत्वसँग भेटघाट गर्ने र प्रमुख राजनीतिक व्यक्तित्वहरूलाई पनि भेट्ने छ। “नेपाल यसको ‘छिमेकी पहिलो’ नीति अन्तर्गत भारतको प्राथमिकता साझेदार हो। भ्रमण दुई घनिष्ठ र मित्रवत छिमेकीहरू बीच उच्च स्तरको आदानप्रदानको परम्परालाई ध्यानमा राख्ने प्रचलन रहेको छ ।
बैठकमा सीमा, व्यापार तथा वाणिज्य, आर्थिक सहयोग र ऊर्जा व्यापार लगायतका विषयमा छलफल हुनेछ ।
परराष्ट्रमन्त्री साउदसँग सुझाव मागेका विज्ञहरूले नेपालले भारततर्फ वस्तु तथा विद्युत् निर्यात बढाउने, सीमापार पूर्वाधार निर्माण र सुदृढीकरण, द्विपक्षीय आयोजना समयमै सम्पन्न गर्ने, हवाई मार्ग खोल्ने जस्ता विषयलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए ।




