भारतीय विदेशमन्त्री जयशंकरले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता
२०८० पुष १९, बिहीबार २१:३८
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतीय विदेशमन्त्री डा सुब्रह्मण्यम जयशंकरले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट गरेका छन् ।
डा जयशंकरले आज बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा शिष्टाचार भेट गरेका थिए ।
नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन डा जयशंकर आज बिहान दुई दिने भ्रमणका लागि काठमाडौं आइपुगेका हुन् ।




