काेशीका मुख्यमन्त्री कार्कीले मुख्य न्यायधिवक्ता कोइराला ल्याए
२०८० पुष २२, आईतवार २१:१६
कोशी प्रदेशका नवनियुक्त मुख्य न्यायधिवक्ता रुपेश कोइरालाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई मुख्यमन्त्री केदार कार्कीले नियुक्तिका लागि सिफारिस गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयमा नवनियुक्त मुख्य न्यायधिवक्ता कोइरालालाई उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीले सपथ खुवाएका हुन् ।
सपथ ग्रहण समारोहमा कोशी प्रदेश प्रमुख परशुराम खापुङ र मुख्यमन्त्री केदार कार्कीको उपस्थिति थियो




