बुढीगंगाकाे टंकिचोक वजारक्षेत्रमा फुल राेपियाे साथै सडक उद्घाटन
२०८० पुष २५, बुधबार १०:३३
सडकमा निर्माण गरिएको पेटीसाईटमा विभिन्न प्रजातिको फुलका बिरुवा रोप्ने कार्य सुरु गरिएको छ । वुधवार विहान बुढीगंगा गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले सो कार्यको सुरुवात गरेका छन् ।
स्मार्ट गाउँपालिका वनाउन स्थानीय चाैकलाई साैन्दर्यकरण गर्न विभिन्न प्रजातिका फुलहरू बिरुवा राेपेका हाै जसको संरक्षण स्थानीय जनताले नै गर्नेछन् भनेर अध्यक्ष थापा मगरले वताए ।
गाउँलाई फुलैफुलको गाउँका रूपमा विकास गर्नका लागि हरियाली प्रवर्द्धन सहित पुष्प रोपणको कार्यक्रमलाई अभियानमा रूपमा सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।

आजै स्थानीय तहमा निर्माण गरिएको कालाेपत्र सडकहरूकाे निर्माण सम्पन्न भएको सडकहरू पनि अध्यक्ष थापा मगरले उद्घाटन गरेका छन् ।
सडकहरूकाे संझाल निर्माणले गाउँकाे आर्थिकसामाजिक रूपान्तरणमा महत्त्वपूर्ण भुमिका वाेकेकाे छ भनेर उनलेे वताए ।
साे अवरसमा पुर्व गापा अध्यक्ष वालचन्द्र माझी , प्रप्रअ गिरिराज भट्टराई ,सप्तकोसी डे बैकका शाखा प्रवन्धक दर्शनराज न्याैपाने , वडा अध्यक्षहरू तिलकनाथ मंडल,साेमराज काफ्ले ,रेवति चाैधरी ,स्थानीय नेता विष्णुराज वुढाथाेकि ,पालिका लेखा समिति सदस्य लाेकनाथ चाैधरी ,न्याय समिति सदस्य नरवहादुर वुढाथाेकी र स्थानीय नेता वाेधनारायण विश्वास लगायत अन्य स्थानीयकाे उपस्थिति रहेको वडा सदस्य मिना विश्वासले जानकारी दिईन्





