सरकारले निर्माण व्यवसायीलाई सबै बक्यौता तत्काल बुझाउने
२०८० पुष २९, आईतवार १८:५६
सरकारले निर्माण व्यवसायीको बक्यौता यथाशीघ्र भुक्तानी गर्ने प्रक्रिया अघि बढाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यालय सिंहदरबारमा भएको छलफलमा सो निर्णय भएको हो ।
छलफलमा अर्थमन्त्री डा प्रकाशशरण महत, भौतिक योजना तथा यातायात मन्त्री प्रकाश ज्वाला, मुख्य सचिव डा वैकुण्ठ अर्याल, अर्थ सचिव डा कृष्णहरि पुष्कर, भौतिक योजना तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको उपस्थिति थियो । सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाललगायतको उपस्थिति रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डले गत आर्थिक वर्षको निर्माण व्यवसायीको रु रु. १ अर्ब ७१ करोड र चालु आर्थिक वर्षको हालसम्मको बक्यौता रु. ६ अर्ब ३० करोड खर्च गरी विकास निर्माणलाई गति दिनेछ ।
प्रधानमन्त्रीको निर्देशनपछि भएको छलफलले निर्माण व्यवसायीलाई सरकारले गर्नुपर्ने बक्यौता तत्कालै बुझाउने प्रक्रिया अर्थ मन्त्रालयले अघि बढाउने निर्णय गरेको छ ।




