पश्चिमी वायुको प्रभावले आज देशका केही स्थानमा हल्कादेखि आंशिक वर्षा भएको छ । काठमाडौं उपत्यकासहित पहाडी भेगका केही स्थानमा पानी परेको छ ।

‘भक्तपुर जिल्ला, दोलखा र ताप्लेजुङ जिल्लामा हल्का वर्षा भइरहेको छ’, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गंगा नगरकोटीले बताइन् । १० मिलिमिटरभन्दा कम वर्षा भएको छ ।

उनका अनुसार हिमाली क्षेत्रका माथिल्लो भागमा हिमपात भएको छ । लुक्ला आसपासका क्षेत्रमा भारी हिमपात भएको छ ।

राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ भने गण्डकी प्रदेश, वाग्मती र कोशी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

हिजोसम्म मौसम सफा हुने सम्भावना कम छ ।

उनले भने, ‘पश्चिमी वायुको प्रभावले बिहीबार मौसम पूर्ण रुपमा खुल्ने सम्भावना छैन, देशभर आंशिक वर्षा र तराईमा कुहिरो लाग्ने सम्भावना छ