शितलहरसँगै अत्यधिक चिसो बढेपछि विराटनगर महानगरपालिका लगाएत आसपासका पालिकाहरूले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छन् ।

उनिहरूले आज एक सूचना जारी गर्दै यही माघ ३ गते बुधबारदेखि माघ ५ गतेसम्म तीन दिनसम्म सम्पूर्ण विद्यालय बिदा दिने निर्णय गरेको हो ।

चिसो अधिक भएको हुदाँ वालवालिकालाई चिसोवाट वचावटका लागि स्कुल पढनपाठन बन्द गरिएको हाे ।