आज साँझ सेतो मच्छिन्द्रनाथको स्नान
२०८० माघ ४, बिहीबार २१:०१
सेतो मच्छिन्द्रनाथको स्नान विधिवत्रूपमा सम्पन्न गरिएको छ
आज साँझ काठमाडौंको जनबहालमा विधिवत्रूपमा पूजा गरी जीवित देवी कुमारीको उपस्थितिमा स्नान गरियाे ।
हरेक वर्ष पौष शुक्ल अष्टमीका दिन गरिने स्नानसँगै सेतो मच्छिन्द्रनाथको रथयात्राको तयारी सुरु हुने गर्छ । स्नान सकेको भोलिपल्टदेखि सेतो मछिन्द्रनाथको मूर्तिमा नयाँ रङ लगाएर सिंगार्ने काम सुरु भएको छ ।




