यति ब्रुअरीको आईपीओ सम्झौता
२०८० माघ ४, बिहीबार २१:०७
यती ब्रुअरी लिमिटेडले बुक-बिल्डिङ विधि मार्फत प्रारम्भिक सार्वजनिक अफर जारी गर्न एनआईएमबी एस क्यापिटल लिमिटेडलाई पोर्टफोलियो प्रबन्धक नियुक्त गरेको छ।
सेयर निष्कासनसम्बन्धी सम्झौतामा यति ब्रुअरी लिमिटेडका प्रबन्ध निर्देशक सञ्जीव सराफ र एनआईएमबी एसका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।
यतीले चितवन जिल्लाको खैरहनी नगरपालिका वडा नम्बर ४ मा मदिरा बनाउने कारखाना सञ्चालन गर्दै आएको छ । यसले अर्ना, यति, वाईबी, शिखर र किंगफिसर जस्ता बियर ब्रान्ड उत्पादन गर्छ।
उक्त सम्झौता अन्तर्गत एनआईएमबी एसले बुक बिल्डिङ विधि मार्फत यती ब्रुअरीको साधारण शेयरको सार्वजनिक निष्कासन र व्यवस्थापन सम्बन्धी सबै काममा पोर्टफोलियो प्रबन्धकको सेवा प्रदान गर्नेछ ।




