सरकारले एसियाली विकास बैंक (एडिबी)सँग करिब २१ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र करिब ७० करोड अनुदान दिने सम्झौता गरेको छ ।

‘अर्बन रेजिलियन्स एण्ड लिभलिहुड इम्प्रुभमेन्ट प्रोजेक्ट’ कार्यान्वयनका लागि अर्थसचिव कृष्णहरि पुस्कर र नेपालका एडीबीका देशीय निर्देशक अर्नाउड काचोइसले बुधबार अर्थ मन्त्रालयमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

पोखरा महानगरपालिका, जनकपुरधाम उपमहानगरपालिका, लुम्बिनी साँस्कृतिक नगरपालिका, देवदह नगरपालिका, सैनामैना नगरपालिका, सिद्धार्थनगर नगरपालिका र तिलोत्तमा नगरपालिकामा आयोजना लागु हुनेछ ।

हस्ताक्षर समारोहपछि अर्थ सचिव पुस्करले आयोजनाले स्थानीय तहको वित्तीय र समग्र इकोसिस्टममा सकारात्मक प्रभाव पार्ने बताए । यसले महिला र सीमान्तकृत समुदायको सामाजिक आर्थिक स्थिति, इन्टर्नशिप, सीप र स्थानीय कलाको प्रवर्द्धनमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।त्यस्तै आयोजना पूर्वाधार विकास, पर्यटन पुनरुत्थानका सन्दर्भमा सम्बन्धित नगरपालिकाका लागि लाभदायी हुने अपेक्षा रहेको कन्ट्री डाइरेक्टर काउचोइसले बताउनुभयो ।

आर्थिक गतिविधिहरू फस्टाउने अपेक्षा गरिएको छ, जसले राजस्वमा वृद्धि, डिजिटल रूपान्तरण, र क्षमता निर्माणमा नेतृत्व गर्दछ।