नेपालले पाकिस्तानलाई १९८ रनको लक्ष्य
२०८० माघ १०, बुधबार १८:२९
नेपालले पाकिस्तानलाई १९८ रनको लक्ष्य दिएको छ ।
दक्षिण अफ्रिकामा जारी यु-१९ विश्वकपमा नेपालले निर्धारित ओभरको खेलमा सबै विकेट गुमाएर १९७ रन बनाएको हो।
नेपालका लागि विपिन रावलले सर्वाधिक ३९ रन बनाए।
साे खेलमा दीपक डुम्रेले २६, देव खनालले २३, सुवास भण्डारी २०, गुल्शन झाले १८, दीपक कँडेलले १३ रन बनाए।
त्यस्तै अर्जुन कुमालले ६, आकाश त्रिपाठीले ६, उत्तम मगरले ४ रन बनाए। त्यस्तै आकाश चन्द १६ रनमा अविजित रहे।
नेपालले पहिलो खेल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो।




