टेलिकमको अध्यक्षमा सुवेदी नियुक्त
२०८० माघ ७, आईतवार १३:२९
नेपाल टेलिकमको सञ्चालक समितिको अध्यक्षमा रामकृष्ण सुवेदी नियुक्त भएका छन् । गत पुस २४ गतेको मन्त्रिपरिषदको बैठकले सुवेदीलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेकाे छ ।
नवनियुक्त अध्यक्ष सुवेदीले पुस २६ गते गोपनीयताको सपथ लिएका हुन् ।




