अफगानिस्तानले नेपाललाई दिएको १४६ रनको लक्ष्य
२०८० माघ १२, शुक्रबार २२:२२
पूर्वी लन्डनमा शुक्रबार भएको यू–१९ विश्वकप क्रिकेटमा अफगानिस्तानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ ।
पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४०.१ ओभरमा अलआउट हुँदा १४५ रन बनाएको थियो ।
नेपाली बलर आकाश चन्दले ८ ओभरको स्पेलमा ३४ रन दिएर ५ विकेट लिए । त्यस्तै दिपेश कँडेलले २ विकेट लिए भने गुलसन झा, सुवास भण्डारी र तिलक भण्डारीले १/१ विकेट लिए ।
अफगानिस्तानका लागि एएम गजानफरले ३७, नसिर खान मारुफखिलले ३१, फरिदुन दाउदजाईले २९ र हसन इसाखिलले २० रन बनाए । त्यस्तै सोहेल खान जुर्मतीले ४ र जम्सिद जद्रानले ३ रन बनाए ।




