लायन्स क्लब अफ टंकीसिनवारी ग्रीन सिटीकाे पदस्थापना
२०८० माघ १२, शुक्रबार २२:५२
बुढीगंगामा रहेको लायन्स क्लब अफ टकीसिनवारी ग्रीन सिटीले ७ अौ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
साे क्लबकाे अध्यक्षमा लायन रेवतीरमण काेईराला निर्वाचित भएका छन् ।
साे कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ए–वानका डिस्ट्रिक्ट गभर्नर विनय हरि शर्माले क्लबका पदाधिकारीलाई सपथ गराउँदै लायनवादको मूल मर्म अनुसार आफ्ना परियोजना अघि बढाउन निर्देशन दिएका छन् ।
उक्त कार्यक्रमका प्रमुख अथिति विराट मेडिकल कलेजका प्रेसिडेन्ट डा ज्ञानेन्द्रमान सि कार्कीले समाजमा ठूला ठूला कुरा भन्दा स सना काम गरि सहयोग गरे समाज समुन्नति हुने वताए ।
विभिन्न क्षेत्रमा स्थापित प्रबुद्ध व्यक्ति सहभागी लायन्स क्लब टंकिसिनवारीले छोटो समयमै आफूलाई अब्बल क्लब सावित गर्नेमा आफू आशावादी रहेको बुढीगंगा गाउँ पालिका अध्यक्ष जितनारायण थापा मगरले बताए ।
निवर्तमान अध्यक्ष सुवाेद काेईरालाले यस वर्षको अध्यक्ष काेइरालाले सामाजिक काम सबैका लागि उदाहरणीय हुने गरि कार्य गर्ने शुभकामना दिएका छन् ।
उक्त कार्यक्रममा संघ संस्थाका प्रतिनिधहरु लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा क्लब स्थापनामा सहयोग गर्ने विभिन्न व्यक्तित्वलाई सम्मान पनि गरिएको थियो




