नेपालगन्जदेखि चीनको तिब्बत स्वायत्त क्षेत्रको कैलाश मानसरोवरसम्मको सिधा उडान लामो प्रयासपछि आजबाट सुरु भएको छ ।

श्री एयरलाइन्सको चार्टर्ड जहाजले ३८ भारतीय पर्यटक बोकेर आज कैलाश मानसरोवरको लागि पहिलो उडान गरेको सिद्धार्थ बिजनेस ग्रुपका क्षेत्रीय निर्देशक केशव न्यौपानेले जानकारी दिए ।

कैलाश मानसरोवरमा नयाँदिल्ली, मुम्बई, गुजरात, उत्तर प्रदेशलगायतका विभिन्न सहरबाट भारतीय पर्यटक आउने गरेको न्यौपानेले बताए ।

मेरो प्लानेटका प्रबन्ध निर्देशक डा ओम मिश्रले लामो समयको अन्तरालपछि कैलाश मानसरोवर उडान सुरु भएकोमा खुशी व्यक्त गर्दै नेपालगन्ज र कैलाश मानसरोवरबीचको सिधा उडान सुरु भएकोमा खुशी व्यक्त गर्दै यो सञ्चालनले नेपालगन्ज पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको विश्वास व्यक्त गरे । 

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स (नाटा) बाँके शाखाका अध्यक्ष श्रीराम सिग्देलले नेपालगन्जदेखि कैलाश मानसरोवर सिधा उडान नेपालगन्जको पर्यटन प्रवद्र्धनका लागि फलदायी हुने विश्वास व्यक्त गरे ।